१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ३ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ३ आइतबार १९:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले मोर्चा बनाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ३ आइतबार १९:o५:oo

नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले केही दिनभित्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको बीचमा मोर्चा बन्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले १५ दिनभित्र मोर्चा बन्ने जानकारी दिए। मोर्चाले सकारात्मक रूप लिए पार्टी एकतासम्म हुने सम्भावना रहेको उनको भनाइ छ।

‘अब हामी १०/१५ दिनभित्रै नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जसपाको बीचमा मोर्चा बनाउँदै छौँ। सकारात्मक रूप लियो भने यो एकतासम्म जान सक्ने सम्भावना छ। त्यो ठाउँमा हामी पुगेका छौँ,’ चौधरीले भने।