१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ३० बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ३० बिहीबार १३:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिंहदरबार र काठमाडौं महानगर दुवै सच्चिनुपर्छ : शेखर कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ३० बिहीबार १३:२६:oo

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौं महानगर र केन्द्र सरकार दुवैलाई सच्चिन आग्रह गरेका छन् । सिंहदरबारभित्रको फोहोर नउठाएपछि केन्द्र सरकार र काठमाडौं महानगरबीच टकरावको स्थिति आएको वेला उनले यस्ताे धारणा राखेका हुन्।

केन्द्र सरकारले सुकुमबासी बस्ती हटाउन असहयोग गरेको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र साहले पछिल्लो समय सिंहदरबारको फोहोर उठाउन बन्द गरेका छन्। लगत्तै मन्त्रिपरिषद् बैठकले फोहोर नउठाउने मेयर शाहको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिने निर्णय गरेको थियो ।

बिहीबार फेसबुकमार्फत कोइरालाले फोहोर नउठाउनु अराजकता भएको भन्दै महानगरको विरोध गरेका छन्। सिंहदरबारले पनि धम्कीको भाषा प्रयोग गलत गरेको भन्दै दुवैले सच्चिनुपर्ने धारणा राखेका हुन् ।

उनले लेखेका छन्, ‘कामपाले सिंहदरबारलगायत स्थानको फोहोर नउठाउनु अराजकता हो, जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैपर्छ। अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो। दुवै सच्चिनुपर्छ।’