१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २४ सोमबार १२:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खाँदबारीमा नेवारी फुड फेस्टिभल [तस्बिरहरू] 

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:o६:oo

पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीमा नयाँ वर्षको अवसरमा नेवारी फुड फेस्टिभल आयोजना भएको छ।

नेवारी संस्कृतिको प्रवर्द्धन र आन्तरिक पर्यटनलाई मध्यनजर गर्दै नेवाः मिसाः दबु खाँदबारी नगर कमिटीको आयोजनामा एकदिने फुड फेस्टिभल बुधबार आयोजना गरिएको हो। खाँदबारीको बीचपोखरीपार्कमा बुधबार बिहानदेखि सुरु भएको फुड फेस्टिभलमा नेवारी परिकारका खानेकुरा राखिएको छ। 

उक्त फेस्टिभलमा बारा, योमरी, चटामरी, नेवारी खाजा सेटलगायतका विभिन्न परिकार राखिएको छ भने नेवारी संस्कृति झल्कने धिमे बाजा, मञ्जुश्री चर्या नृत्य, कुमारी, बज्रयोगिनी, भैरवचर्यालगायतका नृत्य प्रस्तुत गरिएको आयोजना नेवाः मिसाः दबु खाँदबारी नगर कमिटीका अध्यक्ष रजिना शाक्यले जानकारी दिइन्। उनले जातीय मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नका लागि कार्यक्रमको आयोजना गरिएको बताइन्। 

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले नेवारी संस्कार र संस्कृति मौलिक रहेको भन्दै संरक्षण गर्नुपर्नेमा जोड दिए। 

त्यसैगरी खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, आदिवासी जनजाति महासंघ संखुवासभाका अध्यक्ष विपिन तामाङले नेपाल विभिन्न जातको सुन्दर फूलबारी भएको र तीमध्ये नेवार समुदायको संस्कार संस्कृति  र पहिचान छुट्टै रहेकाले संरक्षण संवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा खाँदबारी र आसपास क्षेत्रका नेवार समुदायका मानिस आ–आफ्नो वेशभूषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए। खाँदबारीमा नेवार जातिको बाहुल्य छ। कार्यक्रममा नेवार जातिको जातीय छाता संस्था नेवाः देय दबु केन्द्रीय उपाध्यक्ष भाजु अनिल मास्के, कोसी प्रदेश अध्यक्ष भाजु इन्द्रबहादुर श्रेष्ठलगायतको उपस्थिति छ।

साँझमा लोकप्रिय गायिका प्राश्ना शाक्य र स्थानीय कलाकारको साथमा सांगीतिक कार्यक्रम हुनेछन्। कार्यक्रमलाई खाँदबारी नगरपालिकाले आर्थिक सहयोग गरेको छ। 

तस्बिर : नवीन गुरुङ/नयाँ पत्रिका

ad
ad