१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख २१ शुक्रबार १२:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हरवाचरवाले राजविराज र वीरगन्जबाट एकसाथ सुरु गरे अधिकार यात्रा 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:५९:oo

हरवाचरवाले राजविराज र वीरगन्जबाट एकसाथ अधिकार यात्रा सुरु गरेका छन्। मुक्ति घोषणा भएको नौ महिनासम्म पनि कागजमै सीमित भएपछि उनीहरूले पुनर्स्थापना माग गर्दै आजबाट मधेस प्रदेशमा पाँचदिने अधिकार यात्रा सुरु गरेका हुन्।

गत साउन  २ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा बँधुवा श्रम प्रथाका रूपमा रहेको हरवाचरवा प्रथा मुक्ति भएको घोषणा गरेका थिए। सप्तरीको सदरमुकाम राजविराजबाट राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको अगुवाइमा  अधिकार यात्रा  सुरु गरिएको मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले जानकारी दिए। वीरगन्ज र राजविराजबाट एकसाथ सुरु भएको अधिकार यात्रामा करिब आठ हजार हरवाचरवाको सहभागिता हुने मण्डलले बताए।

‘दासप्रथाबाट मुक्त हुन राजविराजदेखि थाल्ने अधिकार यात्रा हिँड्दै–हिँड्दै जनकपुर पुगेर समापन गर्नेछौँ,’ मञ्चका अध्यक्ष मण्डलले भने, ‘नौ महिनाअघि प्रधानमन्त्रीले हरवाचरवालाई कागजमा मुक्ति त दिलाउनुभयो, तर हाम्रा दुःख, पीडा र स्थिति उस्तै छन्।’ 

६ बुँदे मागसहित हरवाचरवा अधिकार यात्रामा उत्रिएका हुन्। पुनर्स्थापनाका लागि विस्तृत कार्ययोजना र कार्यविधि सम्बन्धित मन्त्रिपरिषद्बाट अविलम्ब पारित गरी आफ्नो जीविकाका लागि कम्तीमा १० कठ्ठा जमिन प्रदान गरिनुपर्ने उनीहरूको प्रमुख माग छ। 

त्यसपछि उनीहरूले वैकल्पिक रोजगारीमा लाग्न इच्छुक रोजगारविहीनलाई तीन महिना, ६ महिना र सोभन्दा लामो दीर्घकालीन प्रकारको सीपको तालिम, एक लाखको बिउपुँजी र आवश्यक औजार प्रदान गरिनुपर्ने, नेपालमा हरवाचरवाभन्दा गरिब र भूमिहीन अरू कोही नभएकाले सडक, बिजुली, शुद्ध खानेपानी, विद्यालय, स्वास्थ्य चौकी र सिँचाइजस्ता न्यूनतम भौतिक पूर्वाधारसहित एकीकृत प्याकेजसहितको बहुआयामिक गरिबी निवारण कार्यक्रम हरवाचरवाको बस्तीमा अविलम्ब थालिनुपर्ने माग राखेका छन् ।

ad
ad