
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन आएका छन् । प्रधानमन्त्री आजै काठमाडौं फर्कनेछन् । प्रधानमन्त्री प्रचण्ड चितवनबाट फर्किएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ।
भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रम र कृषि तथा वन विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन उनी चितवन आएका हुन् ।