मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १४ मंगलबार
  • Friday, 14 August, 2026
२o७९ चैत १४ मंगलबार १२:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीद्वारा गुल्मीको पिपलनेटा-घडेरीटोला कालोपत्रे सडक उद्घाटन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १४ मंगलबार १२:४८:oo

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गुल्मीको पिपलनेटा-घडेरीटोला कालोपत्रे सडकको उद्घाटन गरेका छन्। सडक उद्घाटन गर्दै ओलीले योजनालाई पूर्णता दिन सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए। 

उनले देशभर आफूहरूको सरकार हुँदा नागरिकले आशा गर्न लायक थुप्रै पूर्वाधार निर्माणका काम अगाडि बढेकाले निरन्तरताका लागि एमालेले बहुमत प्राप्त गर्नुपर्ने बताए।

छत्रकोट गाउँपालिका– ४ को दिगामस्थित पिपलनेटा, दिगाम–धरमपानी–मानकोट–दैघा सडकखण्डअन्तर्गत १.०८ किलोमिटर सडक कालोपत्रे भएको हो।

गुल्मी, पाल्पा र अर्घाखाँची जोड्ने १७ किलोमिटर सडकमध्ये सुरुको खण्ड कालोपत्रे गरिएको गाउँपालिकाका इन्जिनियर पुष्कर खनालले जानकारी दिए।

खनालका अनुसार प्रदेशकाे समपूरक कोषअन्तर्गत दुई करोड तीन  लाख ८० हजार आठ सय ६७ रुपैयाँमा पुष्पाञ्जली शकर जेभी तम्घासले निर्माण गरेको हो। यो योजना गत मंसिरमा सम्झौता गरिएको थियो।

यो सडक गाउँपालिकाभित्र आन्तरिक सडकमध्ये पहिलो कालोपत्रे भएको हो। यो सडकको ०४९/५० सालमा पहिलो ट्र्याक खोलिएकोमा झन्डै तीन दशकपछि कालोपत्रे गरिएको छ।

गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयले तीन जिल्ला जोड्ने कालोपत्रे सडकले नागरिकको जीवनस्तर माथि उठाउन टेवा पुग्ने बताए। 

उनले नागरिकको शिक्षा, स्वास्थ्य र खानेपानीको पहुँच अभिवृद्धि गर्दै कृषि तथा सडक संरचनामा पनि पालिकाले उदाहरणीय काम गरेको दाबी गरे।