१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १३ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १३ सोमबार १८:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेसकेन्द्रित साना चार दलले गरे मोर्चा गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १३ सोमबार १८:२७:oo

मधेसकेन्द्रित साना चार दलले लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका छन्। तराई–मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले सोमबार लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेको घोषणा गरेका हुन्।

मोर्चाले जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो ११बुँदे साझा अवधारणा–पत्र सार्वजनिक गरेको छ।

अवधारणा–पत्र सार्वजनिक गर्दै तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृशेषचन्द्र लालले मोर्चाले मधेस आन्दोलनका मुद्दाहरूमा केन्द्रित रहेर समसामयिक विषयहरूमा मधेसको सही प्रतिनिधित्व गर्ने बताए।

मधेसको मुद्दाको मसाललाई आफूहरूले अगाडि बढाउने उनको भनाइ छ। मधेस आन्दोलनलाई अघि बढाउन मोर्चा गठन गरेको उनले बताए। मोर्चाले राष्ट्रिय सभामा जनसंख्यामा आधारित प्रतिनिधित्व र संसदीय अभ्यासमा राष्ट्रिय सभाको समान भूमिकालगायतका विषयमा संविधान संशोधनको मागसमेत गरेको छ।