मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २२ सोमबार
  • Monday, 05 June, 2023
२०७९ चैत ११ शनिबार १७:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कम्युनिस्टहरूको समाजवादी धार निर्माण गर्ने पक्षमा छौँ : बाबुराम भट्टराई

Read Time : < 1 मिनेट
२०७९ चैत ११ शनिबार १७:३८:००

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कम्युनिस्ट दलहरूसहितको समाजवादी धार निर्माण गर्ने पक्षमा रहेको बताएका छन्।

कर्णाली प्रदेश पार्टीको प्रशिक्षण भेलाका क्रममा सुर्खेत आइपुगेका उनले शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा  माओवादी केन्द्रसँग मात्र नभई अन्य कम्युनिस्ट दलहरूसहितको एउटा समाजवादी धार निर्माण गर्ने अवधारणा बनेको बताए। यसका लागि बृहत् छलफल भइरहेको बताउँदै अध्यक्ष भट्टराईले केन्द्र सरकारले पूर्णता पाएपछि एकताका विषयमा छलफल सुरु हुने जनाए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही तरिकाले अघि बढ्न नसकेकाले सन्तुष्ट हुनुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिए। उनले भने, ‘वर्तमान सरकारसँग शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने अभिभारा छ। मुलुकलाई समृद्धिको दिशामा हाँक्नुपर्ने जिम्मेवारी छ।’

यो गठबन्धन दिगो हुनेमा भने अध्यक्ष भट्टराईले पूर्ण रूपले विश्वस्त नरहेको धारणा राखे। राजनीति शक्ति केन्द्र भएकाले मुलुकमा कति वेला के हुन्छ भन्ने थाहा नहुने भन्दै उनले वर्तमान सरकार स्थिर भएर अगाडि बढ्न सके मात्र देशले सही गति लिने प्रस्ट पारे।

पत्रकार भेटघाटकै क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर गरिएको मुद्दा शान्ति प्रक्रियाको मर्मविपरीत भएको टिप्पणी गरे। रासस