१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ११ शनिबार
  • Sunday, 11 May, 2025
२o७९ चैत ११ शनिबार १३:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ११ शनिबार १३:३६:oo

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन्। मन्त्रालय बाँडफाँटको विषयमा सत्तारुढ दलहरूबीच किचलो बढिरहेका वेला माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

शनिबार ललितपुर चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेकाले समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरूसँग निरन्तर संवादमा रहिरहने आश्वासन दिए। उनले भने, ‘मुलुकको अर्थतन्त्रको अवस्था अहिले सामान्य छैन। गम्भीर नै छ। तर, हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गर्दै समाधान गर्नुछ। सरकारको तर्फबाट मैले तपाईंहरूलाई अहिले भन्ने कुरा के हो भने सरकार यसमा गम्भीर छ।’