मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत ९ बिहीबार ०७:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

फुटपाथमा व्यापार गर्नेमाथि कडाइ गर्दै ललितपुर महानगरपालिका

Read Time : < 1 मिनेट
२०७९ चैत ९ बिहीबार ०७:४५:००

ललितपुर महानगरपालिकाले सडक तथा फुटपाथमा व्यापार गर्नेमाथि कडाइ गर्ने भएको छ । १२ चैतदेखि महानगरभित्रका घरमा राखिएका पसलको सामान सडक तथा फुटपाथमा फिजाउन पाइनेछैन । आफ्नै जग्गा भए पनि ढोका र सटरभन्दा बाहिर सामान झुन्ड्याउन पाइनेछैन । 

ललितपुर महानगरका नगरप्रहरी प्रमुख सीताराम हाछेंथूका अनुसार पसलवालाहरूले भित्रको सामान फुटपाथ तथा सडकपेटीमा फिँजाएर अवरोध गर्न थालेपछि कडाइ गर्न लागेको हो । उनले भने ‘पसल खोलेपछि फुटपाथ, सिँढी र सडकमै सामान फिँजाउने चलन छ, अब सटरवालाले आफ्नो सटरभन्दा बाहिर सामान झुन्ड्याएर बेच्न पाउँदैनन्, यसोगर्दा सडक प्रयोगकर्तालाई अवरोध भयो, सडक अव्यवस्थित पनि देखियो ।’ 

यसअघि ललितपुर महानगरपालिले फुटपाथ र सडकपेटीमा व्यापार गर्न निषेध गरिसकेको छ । तर, सटरवालाहरूले भने सडक र फुटपाथमा सामान फिँजाएर अवरोध गर्दै आएका छन् ।