मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ८ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत ८ बुधबार ११:१२:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

घरमा मेकअप गर्दा यी कुरामा ध्यान दिनुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत ८ बुधबार ११:१२:oo

तपाईंसँग ब्युटिपार्लर जाने समय छैन भने घरमै मेकअप गरेर पनि जान सक्नुहुन्छ । मेकअपको सामान भने आफूसँग हुनुपर्छ । सुरुमा फेसवासले अनुहार धुनुपर्छ । अनि, सफा कपडाले अनुहार पुछ्नुपर्छ । त्यसपछि अनुहारमा टोनर लगाउनुपर्छ । त्यसको केही बेरमा मोस्चराइजर क्रिम लगाउनुपर्छ ।

त्यसपछि सनस्क्रिन क्रिम अनिवार्य लगाउनुपर्छ । मेकअपलाई लामो समय टिकाउन प्राइमर लगाउन सकिन्छ । यसपछि आफूलाई मन परेको सेपमा आइब्रो बनाउनुपर्छ । आफ्नो स्किनअनुसारको फाउन्डेसन लगाउनुपर्छ । लगत्तै पाउडर लगाउनुपर्छ । फाउन्डेसन मात्र लगाउँदा अनुहार चिल्लो देखिने हुँदा पाउडर लगाउँदा सुक्खा हुन्छ ।

मेकअप गरेको करिब १० मिनेटपछि अनुहारमा चमक आउँछ । घरमै बसेर आइस्याडो लगाउँदा आफूले लगाएको कपडाअनुसारको आइस्याडो लगाउन सकिन्छ । कसैलाई कपडाको कलरअनुसारको आइस्याडो मन पर्दैन भने न्युड कलरको आइस्याडो लगाउन सकिन्छ । घरमा बस्दा वा चाडपर्वको समयमा न्युड मेकअप गर्दा राम्रो देखिन्छ ।

कस्तो सनस्क्रिन क्रिम लगाउने ? 
आफ्नो स्किनअनुसार सुट हुने क्रिम लगाउनुपर्छ । क्रिम छनोट गर्दा फेसलाई सुट हुन्छ/हुँदैन, प्रयोग गरेर मात्र किन्नुपर्छ । कसैलाई ब्रान्डअनुसारको क्रिमले सुट गर्छ भने कसैलाई कम मूल्यका क्रिमले सुट गर्ने हुन्छ । फाउन्डेसन किन्दा पनि आफ्नो स्किनअनुसार सुरुमा सुट हुन्छ/हुँदैन, प्रयोग गरेर मात्र छनोट गर्नुपर्छ ।