Read Time : < 1 मिनेट
२०७९ चैत ७ मंगलबार ०९:१५:००
आज जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक आज मध्याह्न पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल हुनेछ । जसपाले यही चैत २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।