मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २५ बिहीबार
  • Thursday, 08 June, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ फाल्गुण २७ शनिबार ११:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादीलाई मुद्दा हाल्नु विस्तृत शान्ति सम्झौताविपरीत : उपाध्यक्ष सापकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ फाल्गुण २७ शनिबार ११:२३:००

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषयहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडि बढाउनुपर्ने बताएका छन् । 

शनिबार जनकपुरमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालिन माओवादी पार्टीका बीचमा २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार संक्रमणकालिन न्यायको विषय अगाडि बढ्नुपर्ने बताएका हुन् ।

उनले विस्तृत शान्ति सम्झौतामा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुंग्याउने भनिएको उल्लेख गर्दै सोही अनुरुप हुनुपर्ने बताए । उनले द्वन्द्वकालका घटनाहरुको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरित भएको बताए।  

उनले देशमा प्राप्त भएका राजनीतिक उपलब्धिहरुलाई उल्ट्याउने कोशिस भएमा नेपाली जनताले त्यसको प्रतिरोध गर्ने बताए । उनले विस्तृत शान्ति सम्झौताको गम्भिरता र राष्ट्रमा त्यसले पार्ने प्रभावका बारेमा चिन्तन गर्दै त्यसै अनुसार समाधान गर्नुपर्नेमा जोड दिए ।