एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति निर्वाचनपछि कांग्रेससँग सहकार्यको सम्भावना अन्त्य नभएको बताएका छन् ।
राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो आशय व्यक्त गरेका हुन् । ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि असम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम आएको छैन,’ ओलीले भने ।
आगामी राष्ट्रपति संविधानको पक्षमा उभिने खालको हुनुपर्ने भन्दै उनले यसअघिका राष्ट्रपतिको आलोचना गर्नेहरू संकीर्ण स्वार्थ बोकेकाहरू रहेको आरोप लगाए ।