१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ फाल्गुण २३ मंगलबार ११:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हेटौँडामा बैंकविरुद्ध व्यवसायीको प्रदर्शन

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण २३ मंगलबार ११:१२:००

बागमती प्रदेशको राजधानी हेटौँडामा व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याज लिएको भन्दै त्यसको विरोधमा आइतबार प्रदर्शन गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा सुरु गरिएको विरोध प्रदर्शनमा सातदिने विरोधका कार्यक्रमसमेत तय गरेका छन् ।

उनीहरूले विरोधस्वरूप पहिलो दिन आइतबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा पुगेर ज्ञापनपत्रसमेत बुझाएका छन् । विरोध प्रदर्शन तथा ज्ञापनपत्र बुझाउने कार्यक्रममा जिल्लामा रहेका विभिन्न संघ–संस्थामा आबद्ध व्यक्ति तथा सर्वसाधारणको समेत उपस्थिति रहेको थियो । 

उनीहरूले बैंकहरूको ब्याजका कारण सम्पूर्ण उद्योगी–व्यवसायी आर्थिक एवं मानसिक रूपमा पीडित हुनुपरेको जनाएका छन् । बैंकको ब्याजविरुद्ध सुरु भएको प्रदर्शनअन्तर्गत फागुन २४ गते दिउँसो हेटौँडा बजारको बुद्धचोकमा उपस्थित भएर शान्तिपूर्ण धर्ना दिने कार्यक्रम रहेको उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण अग्रवालले जानकारी दिए । 

यस्तै, अध्यक्ष अग्रवालले विरोध कार्यक्रमअन्तर्गत फागुन २५ र २६ मा बैंकहरूमा दुई घन्टा शान्तिपूर्ण धर्ना दिने, फागुन २८ गते बैंकहरूमा व्यवसायीहरूले नगद डिपोजिट नगर्ने, फागुन ३० गते शान्तिपूर्ण रूपमा बैंक बन्द गराउने र अन्तिम दिन फागुन २९ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द गराउने बताए ।