१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २३ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २३ मंगलबार १o:३o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया क्यापिटलको ६ मा ६ अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २३ मंगलबार १o:३o:oo

एनआइसी एसिया क्यापिटलले छैटौँ वार्षिक उत्सवको अवसरमा ६ मा ६ अफर योजना सार्वजनिक गरेको छ । लगानी व्यवस्थापन सेवाअन्तर्गत क्यापिटलको छैटौँ वार्षिक उत्सवको अवसरमा वार्षिक लगानी व्यवस्थापन शुल्क ६ रुपैयाँमा एक वर्षका लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने भएको छ । उक्त अफर योजना २०७९ चैत मसान्तसम्म सञ्चालन हुनेछ ।

एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘एनआइसी एसिया डाइनामिक डेप्ट फन्ड’को सिस्टम्याटिक इन्भेस्टमेन्ट चैत मसान्तसम्म सहभागी हुने इकाइधनीमध्ये ६ जनालाई एसआइपी बुस्टर सुविधा उपलब्ध गराइनेछ । क्यापिटलले ६ व्यक्ति तथा संस्थालाई परामर्श सेवाशुल्कमा ५० प्रतिशत छुट योजना सार्वजनिक गरेको छ ।  

क्यापिटलले एनआइसी एसिया डिम्याट सेवाअन्तर्गत ०७९ चैत मसान्तसम्म सहभागी हुने ग्राहकलाई विभिन्न अफर सञ्चालन गरेको छ । जसअन्तर्गत ९९९ लाइफटाइम डिम्याट योजनामा सहभागी ६ जनालाई क्यासब्याक, १००० लाइफटाइम मेरो सेयर योजनामा सहभागी ६ जनालाई एक हजार क्यासब्याक प्रदान गरिनेछ ।