१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १५ सोमबार ०६:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण रोकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १५ सोमबार ०६:५२:००

 परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण अन्तिम समयमा रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमण रोकेका हुन् । मन्त्री पौड्याल १५ देखि १८ फागुनसम्म जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद् बैठकमा भाग लिन आइतबार साँझ त्यसतर्फ जाने तयारीमा थिइन् । तर, दिउँसो मुख्यसचिवमार्फत प्रधानमन्त्रीले ‘जेनेभा 
नजान’ खबर पठाएको पौड्यालले बताइन् ।  

‘दिउँसो ३ बजेतिर मुख्यसचिवले खबर गर्नुभयो । प्रधानमन्त्री  गोरखा जानुभएको रहेछ । गोरखाबाटै मन्त्रीलाई नजान भन्नू भन्ने सन्देश आएको मुख्यसचिवले जानकारी गराउनुभयो,’ मन्त्री पौड्यालले भनिन्, ‘त्यसो हो भने ठीकै छ भनियो । विज्ञको नेतृत्वमा चारसदस्यीय टोली जेनेभा गएको छ ।’

मन्त्री पौड्यालले एक साताअघि आफूले नै लगेको जेनेभा को–को जाने भन्ने प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेको बताइन् । टोलीमा मन्त्रीसँगै विज्ञका रूपमा गोविन्द बन्दीको नाम पनि रहेको उनले बताइन् । यसअघि दिउँसो मन्त्री पौड्यालले मन्त्रालयमै पत्रकार सम्मेलन गरेर जेनेभा भ्रमणका एजेन्डाबारे जानकारी गराएकी थिइन् । ‘प्रमले ‘फुर्सद भएन, म दोहा जान भ्याउदिनँ’ भन्नुभएको थियो । मन्त्रीलाई पठाउने भन्नुभएको थियो । कतारको सम्मेलनमा नेपालले अध्यक्षता गर्ने भएकाले प्रमको अनुपस्थितिमा कुनै उपप्रधानमन्त्री जानुहोला,’ उनले भनिन् ।