मान्छेको मन पनि मौसमजस्तै हुन्छ । अदलबदल भइरहन्छ । हामी कहिले उत्साहित हुन्छौँ त कहिले मुड अफमा पनि हुन्छौँ। मुड अफ वा खराब मनोदशामा भएको वेला व्यक्ति निराश वा दुःखी देखिन्छ भने मुड फ्रेस भएको वेला आनन्दित हुन्छ । वेलाबखत हामी सबैको मुड अफ वा मुड खराब हुने गर्छ । यो सामान्य कुरा हो । यतिवेला हामीले केही उपाय लगाएर आफूलाई फ्रेस बनाउन सक्छौँ ।