
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
बिहीबार बालकोटस्थित ओलीनिवास पुगेका राजदूत श्रीवास्तव र ओलीबीच दुईदेशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशका बारेमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ। करिब एक घण्टा भएको छलफलमा भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति निर्वाचनका बारेमा समेत चासो राखेका बताइएको छ।