१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ७ आइतबार
  • Sunday, 11 May, 2025
२o७९ फाल्गुण ७ आइतबार १७:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिराहामा १० जनालाई कैदमाफी, ६ जना सवारी ज्यान मुद्दाका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ७ आइतबार १७:२२:oo

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भएका १० जना सिराहा कारागारबाट रिहा भएका छन्।

७२औँ प्रजातन्त्र दिवसको अवसरमा विभिन्न मुद्दामा कारागारमा कैद भुक्तान गरिरहेका १० जनालाई रिहा गरिएको हो। कैद मिनाहा भई रिहा हुनेमा ६ जना सवारी ज्यान मुद्दाका रहेका छन् भने एकजना बहुविवाह, एकजना नकबजनी चोरी र एकजना डाका मुद्दाका छन्। 

सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कल्याणपुर नगरपालिका–१ का रमेश माझी, नरहा गाउँपालिका–५ का दीपक कुमार यादव, लहान नगरपालिका–५ का प्रकाश विश्वकर्मा, नवराजपुर गाउँपालिका–५ का गजेन्द्रप्रसाद चौधरी, लक्ष्मीपुर पतारी गाउँपालिका–४ का मो रजाबुल मियाँ र गोलबजार नगरपालिका–११ का शत्रुधन सदाय छन्।

यस्तै, नकबजनी चोरीमा कैद रहेका सुखीपुर नगरपालिका–१ का दिलीपकुमार यादव, डाँका मुद्दाका विष्णुपुर गाउँपालिका–१ का ब्रह्मदेव यादव र बहुविवाह मुद्दाका गोलबजार नगरपालिका–९ का श्यामकुमार महरा रहेको कारागार प्रमुख भवेशकुमार झाले बताएका छन्। 

कारागार विभागको कैद मिनाहा भएको र रिहा गर्न पत्राचार भएको आधारमा १० जनालाई कैदबाट रिहा गरिएको प्रमुख झाले बताएका छन्।