१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वडाध्यक्ष गालीगलौजमा उत्रिएपछि हेटौँडा उपमहानगरमा लफडा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:५o:oo

हेटौँडा उपमहानगरपालिका– ४ का वडाध्यक्ष नवीन सिग्देलले बिहीबार उपमहानगरपालिकाका एकजना कर्मचारीलाई गालीगलौज गरेका छन्। 

वडाध्यक्ष सिग्देलले आफ्नो काम नगरेको भन्दै उपमहानगरपालिकाका सहरी विकास महाशाखाका प्रमुख सत्यनारायण साहलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका हुन्।

उनले कार्यालय प्रवेश गर्ने क्रममा महाशाखाका प्रमुख सिनियर इन्जिनियर साहलाई आफ्नो काम नगरेको भन्दै गलीगलौजसहित हातपातको प्रयास गरेको प्रत्यक्षदर्शीले बताए। वडा नम्बर ४ मा सञ्चालित योजनाको फाइल अगाडि नबढाएको र ढिलासुस्ती गरेको आरोप लगाएका थिए। 

कार्यालय प्रवेश गर्दै गरेका साहलाई आफ्नो योजनाको फाइल अगाडि नबढाउने भए कार्यालयमा नबस्न भन्दै अपशब्द प्रयोग गर्दै गाली गरेको कार्यालयमा उपस्थित कर्मचारी र सेवाग्राहीले समेत देखेको बताए।

महाशाखा प्रमुख साहले पनि आफूमाथि गालीगलौज भएको बताएका छन्। कर्मचारीमाथि अभद्र व्यवहार भएको भन्दै उपमहानगरपालिकाको सहरी विकास महाशाखाका कर्मचारीले केहीबेर कामसमेत रोकेका थिए।

उपमहानगरपालिकाकी मेयर मीना लामाको उपस्थितिमा दुवैपक्षबीच छलफल भएपछि ती कर्मचारीले काम सुरु गरेका थिए। अभद्र व्यवहारको विषयमा उपमहानगरपालिकामा छलफल चलिरहेको छ। गाली गर्ने वडाध्यक्षले माफी माग्नुपर्ने कर्मचारीले माग गरेका छन्।
 

ad
ad