मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ फाल्गुण ४ बिहीबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण ४ बिहीबार १४:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अब खानेपानीबारे पैसा नलाग्ने नम्बरमा फोन गरेर टिपाउनुस् गुनासो  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ४ बिहीबार १४:२३:oo

खानेपानीमन्त्री अब्दुल खानले गुनासो सुन्ने इकाइको उद्घाटन गरेका छन्। मन्त्रालयले आजदेखि सुरु गरेको गुनासो सुन्ने इकाइको टोल फ्री नम्बरमा आएको फोन कल रिसिभ गरेर मन्त्री खानले उद्घाटन गरेका हुन्।

 टोल फ्री नम्बरमा पहिलो गुनासो जनकपुरका सेवाग्राहीले गरेका थिए। मन्त्रालयले सुरु गरेको ११७१ टोल फ्री नम्बरमा फोन गरेर खानेपानीको समस्या र योजनाबारे गुनासो गर्न सकिनेछ।

गुनासो सुन्नका लागि मन्त्रालयले चारजना गुनासो सुन्ने अधिकारी राखेको छ। सेवाग्राहीबाट आएको गुनासो मन्त्रालयले मातहतका निकायमा पुर्‍याउनेछ र समाधानको निर्देशन दिनेछ।

मन्त्री खानले सरकारको पानीमा जनताको विश्वास कम हुँदै गएको भन्दै सिंहदरबार र बाहिर एउटै किसिमको पानी वितरण गरिने बताए। उनले खानेपानीमा ट्यांकर आतंक रहेको भन्दै यसलाई हटाउने बताए।

पेट्रोलियम पदार्थमा भन्दा चर्को आतंक खानेपानीमा रहेको भन्दै यसलाई अन्त्य गर्ने बताए। उनले नेपालबाट खानेपानी निर्यात गर्नेवारे योजना अघि सारिने बताए।