१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १o:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:३८:oo

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक–आपसमा गाभ्ने–गाभिनेसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल बिमा प्राधिकरणका अध्यक्षको उपस्थितिमा भएको सम्झौतामा कम्पनीका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिकाप्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार दुवै कम्पनी एक–आपसमा गाभिएपश्चात् बन्ने कम्पनीको नाम आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहनेछ । मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिनेछ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एवं डिडिए रिपोर्टसमेतका आधारमा आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर अनुपात १ः१ कायम रहने गरी सम्झौता गरिएको छ ।

ad
ad