मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २६ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका जाजरकाेट
२o७९ माघ २६ बिहीबार १२:o९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मध्यपहाडी लोकमार्ग : १२ वर्षदेखि मन्ता भिर काट्दै   

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, जाजरकाेट
नयाँ पत्रिका
२o७९ माघ २६ बिहीबार १२:o९:oo

जाजरकोट खण्डभित्र पर्ने मन्ता भिर काट्न ढिला हुँदा मध्यपहाडी लोकमार्गअन्तर्गतको जाजरकोट खण्ड अधुरै  छ । अधिकांश ट्रयाक खोलिसकेको अवस्थामा मन्ता भिर काट्ने काम जारी छ । जाजरकोटको छेडागाड नगरपालिकाभित्र पर्ने मन्ता भिर काट्न थालेको १२ वर्ष बितेको छ । अझै पूरा हुन सकेको छैन । 

भिर काट्ने जिम्मा लिएका निर्माण व्यवसायी र आयोजनाले एक–अर्कालाई आरोप लगाउँदै आएका छन् । सबै ठाउँमा कालोपत्रको काम सँगसँगै भइरहेको छ । तर, कालोपत्र गरिएका अधिकांश ठाउँमा उप्किएको छ । मापदण्डअनुसार निर्माण सामग्री प्रयोग नगर्दा सडक बनाउँदै भत्किने क्रम जारी छ । 

मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण सुरु भएको १२ वर्ष बितेको छ । झार्पा र कार्कीगाउँबीचको मन्ता भिरमा सडक निर्माण सम्पन्न नहुँदा समस्या भएको छ । कुदुबाट सुयाडासम्मको ८२ किमि सडक खुलिसकेको छ । मन्ता भिरको पाँच सय मिटर चट्टान अझै फुटाउन सकिएको छैन । 

लोकमार्गको जाजरकोट भेरी नगरपालिका– १३ कुदुबाट स्याउली बजारसम्म कालोपत्र पूरा भए पनि फेरी उप्किन थालेको छ ।  निर्माण व्यवसायीले भत्किएको सडक मर्मतमा ध्यान नदिएको स्थानीय भविलाल शाहीको आरोप छ । जगतीपुरबाट स्याउली बजारसम्मको अधिकांश सडक भत्किएको छ । 

निर्माण व्यवसायी कम्पनी सिंह एन्ड ब्रदर्सका विश्वास उप्रेतीले १७ किलोमिटर सडक पूर्ण रूपमा सम्पन्न भएको बताए । स्याउलीबाट कार्कीगाउँसम्मको १७ किलोमिटर सडक कालोपत्र जारी छ ।  कार्कीगाउँबाट थलहसम्मको २० किलोमिटर सडकमा पनि काम भइरहेको छ । थलहबाट दैलेखको सिमानासम्म २९ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । 

भत्किएको सडक बनाउन पहल नभएको स्थानीय कमल शाहीले बताए । निर्माण कम्पनीका प्रतिनिधि उप्रेतीले भने आयोजनाबाट रकम नपाएका कारण काम गर्न गाह्रो भएको बताए । आयोजनाका प्रमुख युवराज पोखरेलले निर्माण कम्पनीले बदमासी गरेको आरोप लगाए ।