१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २४ मंगलबार
  • Friday, 05 July, 2024
२o७९ माघ २४ मंगलबार १६:४५:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

तस्करविरुद्ध ‘निर्मम बन्दै’ सशस्त्र प्रहरी, सातामै १९ लाखको सामान बरामद 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २४ मंगलबार १६:४५:oo

सीमावर्ती कञ्चनपुर चोरी तस्करी, सीमा अपराध, भन्सार छलीले थलिँदै गएका वेला सशस्त्र प्रहरीले तस्करविरुद्धमा अप्रेसन चलाएको छ। 

सशस्त्र प्रहरीले तस्करी नियन्त्रणमा ‘शून्य सहनशीलता’को नीति अबलम्बन गरेर तस्कर तह लगाउने अभियान नै चलाएको हो। 

सशस्त्र प्रहरी बल नेपाल, ३५ नम्बर शैलेश्वरी गणले कञ्चनपुरमा हुने भन्सार राजस्व चोरी, छली तस्करी एवं सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सक्रियता बढाउँदै तस्करविरुद्धमा निर्मम बन्दै गएको छ।

सशस्त्र प्रहरीले भन्सार चोरी छली गतिविधिविरुद्धमा आक्रामक भएर तह लगाउन थालेपछि तस्कर समूह त्रसित भएका छन्। भारतबाट अवैध रूपमा विभिन्न समान नेपाल भित्र्याउन लागेका वेला सशस्त्र प्रहरी देख्नेबित्तिकै सामान छाडेर तस्कर भाग्न थालेका हुन्। 

सशस्त्र प्रहरी बल कञ्चनपुर प्रमुखको जिम्मेवारी पाएका सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले जिल्ला सम्हालेदेखिको अवधिमा लाखौँको समान बरामद गरेर भन्सार चलान गराएका छन्। 

२४सै घन्टा सीमा क्षेत्रमा उपस्थित रहेको सशस्त्र प्रहरीलाई यसअघि लाइन खाएर तस्करी लगाएको आरोप लागे पनि एसपी रावलले जिल्ला सम्हालेपछि मातहतका बिओपीले भन्सार राजस्व चोरी छली एवं सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा निरन्तर सक्रियता बढाएको छ। 

१५ माघदेखि २३ सम्म १० दिनको अवधिमा झन्डै १९ लाखबराबरको अवैध सामान बरामद गरेर भन्सार चलान गरेको छ। सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गण कञ्चनपुरले १० दिनको अवधिमा १८ लाख ९० हजार एक सय ४९ रुपैयाँबराबरको सामान बरामद गरेर भन्सार चलान गरेको छ। 

सशस्त्र प्रहरी बल कञ्चनपुरका प्रमुख रावलले सशस्त्र प्रहरीको मुख्य जिम्मेवारी सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण एवं सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा सक्रियतापूर्वक कामकाज अघि बढाएको बताए।

सशस्त्र प्रहरी प्रमुख रावलले १० माघदेखि २३ सम्म विभिन्न व्यावसायिक प्रकृतिका भन्सार नकाटेर चोरी छली गरेर ल्याएका सामान बरामद गरेर भन्सार चलान गरेको बताए। 

सशस्त्र प्रहरी उपरीक्षक रावलले कञ्चनपुरका विभिन्न खुला सीमा क्षेत्रबाट अवैध रूपमा चोरी छली एवं भन्सार छलेर ल्याएका सामान बरामद गर्दै भन्सार चलान गर्दै आएको बताए।

१५ माघमा ५६ हजार सात सय ५०, १७ मा ९४ हजार पाँच सय, १८ मा ११ लाख ६१ हजार २०, १९ मा ५९ हजार पाँच सय पाँच, २० माघमा दुई लाख नाै हजार तीन सय २४, २२ माघमा ३९ हजार ६ सय र २३ माघमा दुई लाख १५ हजार ५० रुपैयाँ गरी १८ लाख ९० हजार एक सय ४९ रुपैयाँबराबरको सामान बरामद गरेर भन्सार चलान गरेको हो। यसका साथै लागुऔषधसहित मानिसलाई समेत पक्राउ गरी प्रहरीलाई बुझाएको छ। 

भारतबाट भन्सार चोरीछली गरेर नेपाल (कञ्चनपुर)मा विभिन्न प्रकृतिका जस्तै कपडा, किराना सामग्री, हार्डवेयर समान, इलेक्ट्रोनिक सामान, खेलकुद सामग्री, मोबाइल सामग्री, खाद्यान्न सामग्री, साइकलसहितका तरकारी एवं प्रतिबन्धित माछा, कुखुरा, अन्डासहितका समाग्री बरामद गर्दै नष्टदेखि भन्सार चलान गर्दै आएको सशस्त्र प्रहरी उपरीक्षक रावलले बताए। 

‘मैले जिल्लाभरि सीमा क्षेत्रमा रहेका २२ वटै बिओपी इन्चार्ज एवं सबै सशस्त्र प्रहरी कर्मचारीलाई तस्करी नियन्त्रणमा निर्मम हुन आदेश दिएको छु,’ उनले भने, ‘कहिकतै तस्करसँग हिमचिम र साँठगाँठ भए कारबाही गर्छु, एक सशस्त्र प्रहरी अधिकृतलाई समेत जिम्मेवारीबाट तानेको पनि छु।’ 

यसरी सशस्त्र प्रहरीले जिल्लामा राजस्व छली नियन्त्रणमा थुप्रै राम्रो काम गर्दासमेत पत्रकारले विरुद्धमा समाचार छापिदिने गरेकोप्रति उनले गुनासो पोखेका छन्। तस्करी नियन्त्रण, सीमा क्षेत्रमा हुने अवराध नियन्त्रणका लागि सशस्त्र प्रहरीले तदारुकताका साथ काम गर्दै जाने बताए।

‘जुनसुकै तस्कर वा गैरकानुनी काममा संलग्न व्यक्ति एवं सामग्री नियन्त्रण गरेर भन्सार चलान गर्ने एवं सरोकारवाला पक्षलाई राखेर नष्ट गर्दै आएका छौँ,’ उनले भने, ‘विगतमा कसले के गर्‍याे, त्यो थाहा भएन, हामीले सीमा सुरक्षा र अपराधमा शून्य सहनशीलता अपनाएर काम गर्ने हो।’ 


 

ad
ad
ad
ad