मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ २० शुक्रबार
  • Wednesday, 02 September, 2026
२o७९ माघ २० शुक्रबार २१:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कालिकोटको खल्लाघाटमा अटो दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २० शुक्रबार २१:१७:oo

जुम्लादेखि कालिकोटको तिलागुफा नगरपालिका गाल्जेमा मेला हेर्न जाने क्रममा भे १ ह ५९२२ नम्बरको अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। 

कालिकोटको तिलागुफा नगरपालिका–६ खल्लाघाटस्थित अटो दुर्घटना हुँदा हिमा गाउँपालिका ४ जुम्लाका वीर्खबहादुर शाहीको मृत्यु भएको हो। 

दुर्घटनामा ज्यान गुमाएका मृतक शाहीकी श्रीमती तारा शाही र ११ वर्षीया छोरी र ६ वर्षीय छोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। 

दुई बच्चा सामान्य घाइते भएका छ। तारा शाहीको भने हात र छातीमा चोट लागेको छ। घाइते सबै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ। 

मृतक शाहीको शव घटना स्थलबाट पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याएको छ। 

मृतक शाही हिमा आवासीय विद्यालयका शिक्षक हुन्। उनी नेपाल पत्रकार महासंघ शाखा जुम्लाको साधारण सदस्य तथा प्रेस सेन्टर जुम्लाको सदस्य समेत रहेको बताइएको छ।