
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्र भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नुहोला, लेखिहाल्नुहोला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’
नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाले सांसद पदसँगै उपप्रधान एवं गृह मन्त्रालय गुमाएका लामिछानेले पुनः गृह मन्त्रालय जान राजनीतिक सक्रियता बढाएका छन् । तर, फैसलाको पूर्णपाठ र राहदानीको विषय टुंगो नलाग्दासम्म स्वार्थ बाझिने मन्त्रालय दिन नहुने पक्षमा प्रधानमन्त्री प्रचण्ड छन् ।
यही विषयलाई लिएर सत्तागठबन्धनमा चिसो बढिरहँदा लामिछानेको यस्तो प्रतिक्रिया आएको हो ।