मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १८ बुधबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १८ बुधबार १२:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तोलामा पाँच सयले बढ्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १८ बुधबार १२:oo:oo

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. पाँच सयले बढेको छ।

अघिल्लो दिन प्रतितोला रु. एक लाख पाँच हजार आठ सयमा कारोबार भएकामा आज रु. पाँच सयले बढेर रु. एक लाख ६ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा रु. पाँचले बढेर प्रतितोला रु. एक हजार तीन सय ७० पुगेको छ। 

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।