१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
तस्बिर साभार : सामाजिक सञ्जाल
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १५ आइतबार १८:५५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अस्ट्रेलियन ओपनको उपाधि जोकोभिचलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १५ आइतबार १८:५५:००

अस्ट्रेलियन ओपन २०२३ को उपाधि नोभाक जोकोभिचले जितेको छन्। यससँगै उनले कीर्तिमानी २२औँ ग्रान्डस्लाम जित्दै राफायल नाडालसँग कीर्तिमानी बराबरी गरेका छन्।

जोकोभिचले अस्ट्रेलियन ओपनको उपाधि १०औँपटक जितेका हुन्। उनले अहिलेसम्म अस्ट्रेलियन ओपनको फाइनल गुमाएका छैनन्। गत वर्ष कोभिड–१९ भ्याक्सिन नलगाएका कारण जोकोभिचले प्रतियोगिता खेल्न पाएका थिएनन्। 

सर्बियन टेनिस खेलाडी जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको फाइनलमा ग्रिक खेलाडी स्टेफानो सिसिपासलाई ६–३, ७–६, ७–६ को सोझो सेटमा पराजित गरे। डिफेन्डिङ च्याम्पियन नाडालले चोटका कारण बीचमै प्रतिस्पर्धा गुमाएका थिए।