पछिल्लो समय मोडर्न भान्साघरको आवश्यक उपकरण बनेको छ, माइक्रो ओभन । यसमा छिटो र सहजैै खाना तताउन मिल्छ । प्रयोग गर्न सहज र समयको पनि बचत हुने भएकाले माइक्रो ओभन प्रयोग गर्नेको संख्या बढ्दो छ । यसले ग्यास बालेर खाना तताउने झन्झटबाट मुक्त गराउँछ । ग्यास खपत गर्नका लागि पनि यो राम्रो विल्कप हो ।
काउन्टर टप माइक्रो ओभन
काउन्टर टप माइक्रो ओभनलाई सजिलै विद्युत्मा जोड्न र प्रयोग गर्न सकिन्छ । त्यसैले यो ओभनलाई भान्साको धेरै काउन्टर स्पेस आवश्यक पर्छ । यसको मूल्य आकार हेरेर निर्धारण हुन्छ । तपाईंले आफ्नो परिवार संख्या हेरेर यसको खरिद गर्न सक्नुहुन्छ ।
ग्रिल युथ माइक्रोवेभ
यसमा खाना तताउन, मासु रोस्ट गर्न तथा खाना पकाउन पनि मिल्छ । नेपाली बजारमा सिजी, सामसुङ, एलजीलगायत ब्रान्डका ओभन पाइन्छन् । बजारमा ग्रिल मात्र नभएर खानेकुरालाई स्टिम गर्न मिल्ने सुविधा भएका माइक्रो ओभन पनि उपलब्ध छन् ।