१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ माघ ५ बिहीबार ०७:२१:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ माघ ५ बिहीबार ०७:२१:००

नयाँ सरकारको अनुहार कस्तो देख्नुहुन्छ ?
यो सरकारको अनुहार बडो विचित्रको देखिन्छ । माहेन्द्रीय राष्ट्रवादको झल्को देखिएको छ । सबै मन्त्रीहरू दौरासुरुवालमा सजिनुभएको छ । परिवर्तनलाई आत्मसात् गरेको देखिन्न । सरकारले पञ्चायतको झल्को दिएको छ । सरकार समावेशी पनि देखिन्न । मधेसी र दलितको उपस्थिति शून्यबराबर छ भन्दा पनि हुन्छ । समग्रमा भन्नुपर्दा यो सरकारको अनुहारमा ०६२/६३ को परिवर्तनको कुनै झल्को देखिन्न । 

भ्रष्टाचारको मुद्दा खेपेका र स्वार्थ बाझिएका मन्त्रीहरूबाट कति आशा गर्न सकिएला ?
विभिन्न आरोप लागेका, भ्रष्टाचारको मुद्दा खेपेका नेतालाई स्वार्थ बाझिएका मन्त्रालय सुम्पिनु गलत हो । दुनियाँमा कहीँ पनि यस्तो हुँदैन । रविजी पनि जुन मन्त्रालयले उहाँविरुद्ध मुद्दा लगाएको छ, सोही मन्त्रालयको नेतृत्वमा जानुभएको छ । कमसेकम उहाँले मुद्दा किनारा लागुन्जेल कुर्ने इमानदारी देखाउन सक्नुपथ्र्यो । ‘क’ वर्गका ठेकेदारलाई सहरी विकास मन्त्रालय दिइनु पनि गलत हो । यस्तो अवस्थामा उहाँहरूबाट देश र जनताको पक्षमा काम हुने आशा गर्न सकिन्न । 

यो सरकारले काम गर्न सक्ने सम्भावना कति देख्नुहुन्छ ?
यो सरकारले काम गर्न निकै अप्ठ्यारो छ । मन्त्रीजीहरूले पदभार ग्रहण गरेपछि गरेका कैयौँ निर्णयहरू अपरिपक्व देखिन्छन् । उहाँहरूले आआफ्ना मन्त्रालयका प्राथमिकता निर्धारण गर्न पनि सक्नुभएको छैन । एउटा मन्त्रालयको मन्त्रीले अर्को मन्त्रालयअन्तर्गतका कार्यालयको अनुगमन गरेको पनि देखियो । यस्तो अलमलमै भएकाले यो सरकारबाट खासै आशा राख्न सकिन्न ।