१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक हरि रोकालाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:१४:oo

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने सम्भावना कति देख्नुहुन्छ ?
यस्तो सम्भावना छ र मैले त्यो देखिरहेको पनि छु । फेरि पूर्वराष्ट्रपतिले सक्रिय राजनीतिमा फर्किनुहुँदैन भन्ने पनि छैन । राष्ट्रपति पदको गरिमा र मूल्यलाई ध्यानमा राख्ने हो भने नफर्किँदा राम्रो हुन्छ । तर, हाम्रो जस्तो विश्वसनीयता गुम्दै गएको राजनीतिमा मूल्यको राजनीति कहाँ खोजिबस्नु र ?

राष्ट्रप्रमुख भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किंदा राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पर्न सक्छ ?
पछिल्लो समयमा हाम्रो राजनीति निकै बरालिएको छ । यस्तो समयमा आफू योजना र कार्यक्रमसहित राजनीतिमा फर्किंदा राजनीति सङ्लिन्छ भन्ने लाग्यो भने कोही फर्किन सक्छन् । मलेसियामा महाथिर मोहम्मद लामो विश्रामपछि सक्रिय राजनीतिमा फर्किएकै हुन् ।

सिंगापुरमा पनि ली क्वान यु लामो समयसम्म प्रधानमन्त्री पदमा रहेपछि पनि विनाविभागीय मन्त्री रहेको देखिएकै हो । त्यसैले, कार्यक्रम र योजनासहित आउनु स्वागतयोग्य नै हो । तर, पूर्वराष्ट्रपति भण्डारी अहिले एमालेमा अध्यक्ष ओलीले नेतृत्व गरिरहेकै बाटो अघि बढाउने नियतसाथ चाहिँ राजनीतिमा नआउँदा नै राम्रो हुन्छ । 

भण्डारी सक्रिय राजनीतिमा फर्केको अवस्थामा एमालेको आन्तरिक शक्ति सन्तुलनमा कस्तो प्रभाव पर्ला ?
उहाँ एमालेको सक्रिय राजनीतिमा फर्किनुभयो भने पार्टीभित्र अन्तरविरोध त हुन्छ नै । भण्डारी नआएको अवस्थामा आफूलाई ओलीको असली उत्तराधिकारी ठानेर बसिरहेका नेताहरूले स्वाभाविक रूपमा भण्डारीलाई स्वागत गर्ने अवस्था हुँदैन । त्यस्तो अवस्थामा ओलीपछि अध्यक्ष, महासचिव या अन्य कुनै पदाधिकारी बन्ने दौडमा रहेका नेताहरूबीच खैलाबैला मच्चिन सक्छ । 

ad
ad