१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o७:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्मालाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:३६:oo

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या र आकर्षण बढेको हो ? 
देशभरिको अवस्था हेर्दा केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढी छ । यस वर्ष बालविकास तहमा पनि करिब ७ लाख विद्यार्थी थपिने अनुमान छ भने सामुदायिक विद्यालयका अन्य कक्षामा पनि विद्यार्थीको संख्या बढ्ने अनुमान छ । समग्रमा यसपटक विद्यार्थीको संख्या बढ्ने अनुमान भए पनि अहिल्यै यकिन भन्न सकिन्न । 

सामुदायिक विद्यालय सुधार्न सबैभन्दा बढी भूमिका कसको हुन्छ ? 
यसमा सबैको भूमिका रहन्छ– विद्यार्थी, अभिभावक, सरकारी निकाय । यद्यपि पछिल्ला तथ्यांक हेर्दा सामुदायिक विद्यालयमा आमूल परिवर्तन आएको छ । ५/६ वर्षपहिले बन्द हुने अवस्थामा रहेका कतिपय सामुदायिक विद्यालयमा अहिले विद्यार्थी संख्या खचाखच छ । यसपटक विद्यार्थीको संख्या थप बढ्ने अनुमान छ किनभने सामुदायिक विद्यालयमा आमअभिभावककको आकर्षण बढेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण हुनुको कारण शिक्षा सेवा आयोगले नयाँ शिक्षक भर्ना गर्नु, प्रविधिमैत्री पठनपाठन सञ्चालन गर्नु, सहुलियतमा पठनपाठन गराउनु, नयाँ पुस्ताका शिक्षकको संख्या धेरै हुनुलगायत हुन् । 

सामुदायिक विद्यालयमा विद्यार्थीलाई थप आकर्षित गर्न के गर्नुपर्ला ?
विद्यार्थी आकर्षित गर्न सामुदायिक विद्यालयलाई स्थानीय तहले पनि सुधार गरिरहेका छन् । कतिपय जिल्लाको अवस्था हेर्दा सामुदायिक विद्यालयले निजीलाई चुनौती दिइरहेको पाइन्छ । काठमाडौंमै निजीलाई सामुदायिक विद्यालयले टक्कर दिन थालेका छन् । उपत्यकाबाहिर त धेरै सामुदायिक विद्यालय अब्बल बनिसकेका छन् । उहादरणका लागि रुपन्देही, मोरङ, कास्कीलगायत जिल्लाका विद्यालयलाई हेरे पुग्छ । अब सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण थप बढ्छ किनभने संघ र स्थानीय सरकारको लगानी यसैमा छ ।  

ad
ad