मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ११ शनिबार
  • Saturday, 25 March, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ ३ मंगलबार ०७:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जनता समाजवादी पार्टी सरकारमा नजाने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ ३ मंगलबार ०७:४२:००

मन्त्रालय बाँडफाँटमा असहमति जनाउँदै जनता समाजवादी पार्टी (जसपा) सरकारमा सामेल नहुने भएको छ । सोमबार बालुवाटारमा सम्पन्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा बाँडफाँट सम्मानजनक नभएको भन्दै अध्यक्ष उपेन्द्र यादव बैठक नसकिँदै बीचबाटै उठेर हिँडेका थिए ।

‘हामी सरकारमा जाने विषयमा समझदारी हुन सकेन,’ अध्यक्ष यादवले भने, ‘साझेदार दलहरूको प्रवृत्ति ठीक लागेन, पहिल्यै सहमति गरेर बचेकुचेको भाग जसपालाई दिन खोजियो, त्यसैले मंगलबारको मन्त्रिपरिषद् विस्तारमा हाम्रो सहभागिता हुँदैन ।’ 

१२ सिट रहेको जसपाले बैठकमा तीनवटा मन्त्रालयसहित उपराष्ट्रपतिमा दाबी गरेको थियो । तर, १४ सिट रहेको राप्रपालाई रोजेअनुसारकै तीन मन्त्रालय दिन तयार हुँदा जसपालाई भने दुई मन्त्रालयमै चित्त बुझाउन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले प्रस्ताव गरेका थिए ।

त्यसपछि यो प्रस्ताव स्वीकार्य नहुने भन्दै अध्यक्ष यादव बैठकबाट बाहिरिएका थिए । ‘यो अवस्थामा हामी सरकारमा सामेल हुँदैनौँ,’ उनले भने, ‘सरकारलाई हाम्रो सहभागिताको आवश्यकता परे थप छलफल होला, नत्र हुँदैन, हामी आफ्नै बाटोमा हिँड्छौँ ।’