
जनता समाजवादी पार्टी न्यायोचित तथा सम्मानजनक अवस्था भएमा मात्र सरकारमा सहभागिता हुने भएको छ।
निर्वाचनको परिणामलाई विचार गर्दा संयुक्त सरकार गठन गर्नुको विकल्प नभएको निष्कर्ष निकाल्दै जसपाले न्यनूतम साझा नीति तथा कार्यक्रम, शक्तिको बाँडफाँडमा हुने सहमति र समझदारीका आधार सरकारमा सहभागी हुने जनाएको छ।
जसपाले भनेको छ, ‘निर्वाचनको परिणामलाई विचार गर्दा संयुक्त सरकार गठन गर्नुको विकल्प छैन। सरकारको न्यनूतम साझा नीति तथा कार्यक्रम र सत्ता शक्तिको बाँडफाँडमा हुने सहमति र समझदारीको आधारमा सरकारमा पार्टीको सहभागिता हुन सक्नेछ। पार्टीको लागि न्यायोचित तथा सम्मानजनक अवस्था भएमा मात्र सरकारमा सहभागिता हुन सक्नेछ। अन्यथा भएमा सहभागि हुनेछैन।’