१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १ आइतबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १ आइतबार १४:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

‘विमानमा ५३ नेपाली र १५ विदेशी यात्रु सवार थिए’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १ आइतबार १४:o१:oo

पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा ५३ नेपाली र १५ विदेशीसहित ६८ यात्रु सवार रहेका नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

विदेशी १५ जनामा भारतका पाँच, रुसका चार, कोरियाका दुई तथा आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक–एकजना रहेका थिए। आज बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटिआर– ७२ कलसाइनको विमान दुर्घटना भएको हो ।

प्राधिकरणका अनुसार उक्त विमान दुर्घटनाअघि अन्तिमपटक १०ः५० बजे पोखरा टावरसँग सम्पर्कमा आएको थियो । विमानको चालक दलमा कमल केसी, अञ्जु खतिवडा, सिर्जना होंगचुन र ओसिन आलेमगर रहेका प्राधिकरणले जनाएकाे छ ।

ad
ad
ad
ad