मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ३० शनिबार १८:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेता भुसालले पाए सचिवालय सदस्यको जिम्मवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ३० शनिबार १८:४१:००

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यको जिम्मवारी प्रदान गर्ने निर्णय गरेको छ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले नेता भुसाललाई सो पदमा मनोनयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।  

सचिवालयको उक्त निर्णयलाई आजै बसेको स्थायी कमिटी बैठकले पनि अनुमोदन गरेको छ। नेता भुसालले यही पुस २९ गते स्वघोषणा गरी उक्त पार्टीमा आबद्ध भएर नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको अभियानमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका थिए। 

नेकपा एमालेको उपमहासचिवमा निर्वाचित भई पार्टीका विभिन्न तहमा नीति निर्माणमा जिम्मेवारीसमेत निर्वाह गरेका नेता भुसाल पुँजीवाद र समाजवादको विश्लेषक तथा कम्युनिस्ट पार्टीमा बौद्धिक छवि बनाएका विचारकका रूपमा स्थापित छन्। 

गत मंसिर ४ मा भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, वाम एकताका क्रममा अहिलेसम्म भएका प्रगतिको समीक्षा गरिएको थियो।

पार्टीले नेपाली कम्युनिस्ट आन्दोलनलाई बलियो शक्तिका रूपमा विकास गर्ने उद्देश्यले समाजवादी कार्यदिशा अँगालेका व्यक्ति, विभिन्न कम्युनिस्ट समूह तथा दललाई एकताबद्ध गर्न सम्बन्धित पक्षसँग वार्ता गरिरहेको छ।