Skip This
गुल्मीमा आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु : २२० खेलाडी सहभागी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार १o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

गुल्मीमा आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु : २२० खेलाडी सहभागी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १o:१६:oo

गुल्मीमा जिल्ला स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता संचालन भएको छ । जिल्ला आईटीएफ तेक्वान्दो संघ गुल्मीको आयोजनामा जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा शनिबार प्रतियोगिता सुरु भएको छ । 

प्रतियोगितामा दुई सय २० खेलाडीहरु सहभागी भएका छन । जिल्लामा रहेका नौ डोजाङबाट खेलाडीहरु सहभागी भएको जिल्ला आईटीएफ तेक्वान्दो संघ गुल्मीका अध्यक्ष बिरेन्द्र कुँवरले जानकारी दिए ।

गुल्मीमा रुरुक्षेत्र गाउँपालिकाका तीन, छत्रकोट गाउँपालिकाको एक, मालिका गाउँपालिकाको एक, चन्द्रकोट गाउँपालिकाको एक, सत्यवती गाउँपालिकाको एक, कालीगण्डकी गाउँपालिकाको एक र रेसुङ्गा नगरपालिकाको एक  गरि नाै डोजाङबाट सहभागी भएको कुवंरले बताए ।

आईटीएफ तेक्वान्दो संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष नवराज खरेलले तेक्वान्दो प्रतियोगिताका बारेमा जानकारी गराएका थिए। प्रतियोगिता बिहान ७ बजेबाट सुरु भएको हो । 

गुल्मीबाट थुप्रै खेलाडीले स्वदेश तथा बिदेशमा संचालन भएका आइटिएफ खेलमा विभिन्न पदक र स्थान प्राप्त गरेका छन् । अहिले आयोजना गरिएको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश स्वण, रजत र कास्य पदक प्राप्त गर्नेछन् ।
 

ad
ad