मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष २९ शुक्रबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २९ शुक्रबार १९:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उद्योगी-व्यवसायी निराश नहुने गरी काम गर्छु : अर्थमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २९ शुक्रबार १९:o३:oo

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्ने बताएका छन्। 

शुक्रबार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यावसायी महासंघले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यावसायीहरुलाई निराशा हुनु नपर्ने गरी काम गर्ने बताएका हुन्। 

उनले सरकारले व्यावसायीहरुको माग र सुझावहरुलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट बिस्तारै सम्बोधन गर्ने प्रतिवद्धता जनाए। 

उद्योगी व्यवसायीहरुले उठाएका उचित मागलाई सकारात्मक रुपमा लिएको पनि बताउँदै उनले मन्त्रालयमा कामको चाङ लागेकाले सबै विषयमा व्यापक छलफल गर्न नसकिएको बताए।