१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १६:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जनशक्ति अभावमा नेपाली दूतावासले काम गर्न सकेनन् : सचिव पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:३३:oo

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले विदेशस्थित नेपाली दूतावासमा आवश्यक जनशक्तिको कमी हुँदा आवश्यक कामहरू गर्नै अप्ठ्यारो भएको गुनासो आइरहेको बताएका छन्।

बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले यस्तो बताएका हुन्। दूतावासहरूलाई वैदेशिक रोजागारीमा जानेहरूको समस्या समाधान गर्नमा समय लाग्ने भएकाले अन्य आर्थिक आयामबारे काम गर्न सक्ने अवस्थामा नरहेका उनले बताए।

उनले विदेशस्थित नेपाली दूतावासहरू सानो क्षमताका भएकाले क्षमताको विकास गरी आगामी दिनमा संरचनाहरुरूको सुधार हुन जरुरी रहेको औँल्याए। नेपालजस्तै रोजगारीका लागि आफ्ना नागरिक विदेश पठाउने अन्य देशहरूको दूतावासको क्षमता बढी रहेको उनको भनाइ छ।

‘हाम्रा दूतावासहरू धेरै साना साइजका छन्। त्यहाँ पर्याप्त जनशक्ति छैनन्। भएको जनशक्ति नेपालीहरूको उद्धारलगायतका समस्या समाधानमा नै केन्द्रित हुने गरेको छ। जसकारण अन्य कुराहरूमा ध्यान दिन सकेको छैन भन्ने गुनासो छ। तीन–चारजनाले कति काम गर्न सक्छन् ?’ उनले भने।

ad
ad