१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २८ बिहीबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २८ बिहीबार १२:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

साना किसान विकास लघुवित्त एनपिएसमा आबद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २८ बिहीबार १२:o९:oo

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ । यसका लागि संस्थाले एनसिएिचएलसँग सम्झौता गरेको हो । 

सम्झौतामा लघुवित्तका उपप्रमुख कार्यकारी अधिकृत डा. नवराज सिंखडा र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार साना किसान विकास लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपिआई)सँग जोडी नेसनल पेमेन्ट स्विच (एनपिएस)अन्तर्गतका विभिन्न भुक्तानी उपकरण प्रयोग गर्न सक्ने उल्लेख छ । 

यसअन्तर्गत लघुवित्तले एनसिएचएल–आइपिएस र कनेक्ट आइपिएस प्रणालीमार्फत विभिन्न प्रकारका भुक्तानी गर्न मिल्ने कम्पनीले जनाएको छ । जसमा आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलनलगायतका विभिन्न संकलनका करोबारहरू तथा तलब, भेन्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानीलगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबार आफ्ना तथा लाभग्राहीका बैंक खाताबीच सोझै गर्न सक्ने जनाइएको छ ।

ad
ad
ad
ad