१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २७ बुधबार
  • Saturday, 06 July, 2024
२o७९ पौष २७ बुधबार १o:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

चितवन दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा किशोर बगाले 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २७ बुधबार १o:३४:oo

दूध उत्पादक सहकारी संस्थाको छाता संगठन चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा किशोर बगाले चयन भएका छन् । व्यावसायिक पशुपालक किसानसमेत रहेका बगालेको अध्यक्षतामा संघको २३औँ वार्षिक साधारणसभा तथा नवाैँअधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । 

जसको उपाध्यक्षमा रामेश्वर वली, सचिवमा कल्याण अधिकारी, कोषाध्यक्षमा छविलाल भुसाल र सहसचिवमा शिवप्रसाद पौडेल चयन भएका छन् । यस्तै सदस्यहरूमा श्यामचन्द्र रैला, दशरथ खतिवडा, युवराज थापा, होमनाथ सुवेदी, हरिप्रसाद अधिकारी, कृष्णदत्त पौडेल, भरतप्रसाद ढकाल, तेजकुमारी काफ्ले, ज्ञानेन्द्र बर्ताैला, कल्पना आचार्य चयन भएका छन् । 

संस्थाले विष्णुहरि घिमिरे संयोजक रहने गरेर नवीन न्यौपाने र बलराम अधिकारी सदस्य रहने गरी तीन सदस्यीय लेखा समिति चयन गरेको छ । चितवन रत्ननगरका बगाले डेढ दशकदेखि व्यावसायिक पशुपालनमा छन् । उनको फर्ममा अहिले पनि ४५ वटा गाई छन् ।

अध्यक्ष बगालेले आगामी दिनमा संरक्षक संस्थाको रूपमा जिल्ला संघलाई स्थापित गर्ने बताएका छन् । उनले सरकारसँग समन्वय गरेर जिल्लामा बाच्छी संरक्षण स्रोत केन्द्र बनाएर अघि बढ्ने बताए । यो कार्यबाट गाई र दूधको आवश्यकता परिपूर्ति हुने उनको विश्वास छ । बगालेले यसअघि संस्थामा सचिवको रूपमा काम गरेका थिए । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा एक सय नाैवटा सहकारी आबद्ध छन् । दूधमा आत्मनिर्भर जिल्ला चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दुग्ध उत्पादन हुन्छ । 


 

ad
ad
ad
ad