१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २५ सोमबार
  • Saturday, 06 July, 2024
कपिलवस्तु, गुल्मी र अर्घाखाँचीका तीनजना वृद्धाको हत्याका आरोपीलाई सार्वजनिक गर्दै अर्घाखाँची प्रहरी ।
२o७९ पौष २५ सोमबार o८:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भारतीय दम्पतीबाट तीन नेपाली वृद्धाको हत्या

कपिलवस्तु, गुल्मी र अर्घाखाँचीका वृद्धाको हत्या गरी गरगहना र नगद लुटपाट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २५ सोमबार o८:४४:oo

एक भारतीय दम्पतीले नेपालका विभिन्न तीन जिल्लाका तीन वृद्धाको शृंखलाबद्ध हत्या गरेको खुलासा भएको छ । भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनी श्रीमती शिवा परियारले शृंखलाबद्ध हत्या गरेका हुन् । 

दुवैलाई आइतबार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेर सार्वजनिक गरेको छ । उनीहरूलाई प्रहरीले १७ पुसमा पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको थियो । आइतबार प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरूले गुल्मी, अर्घाखाँची र कपिलवस्तुका तीन वृद्धाको हत्या गरेको जनाएको छ । यो दम्पतीले सबैभन्दा पहिले कपिलवस्तुमा एक ७० वर्षीया वृद्धाको हत्या गरेको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार उनीहरूले तीनवटै हत्या स्वीकार गरेका छन् ।

घरभित्रै पसेर हत्या
सुशान्तकी श्रीमती शिवा कपिलवस्तु विजयनगर गाउँपालिका– ४ विजयनगरमा दिदीको घरमा आउजाउ गर्दै आएकी थिइन् । त्यही क्रममा उनले सोही स्थानमा बस्ने वर्ष ७० की योगमाया गैरेसँग चिनजान गरिन् । योगमाया घरमा एक्लै बस्दै आएकी थिइन् । सुनका गरगहना लगाएर हिँड्ने एक्ली वृद्धा देखेर उनले हत्या योजना बनाइन् र श्रीमान् सुशान्तलाई बोलाइन् । गत १४ असोज राति १० बजेतिर दुवैजना वृद्धाको घर पुगे । ढोका खोल्न लगाए र भित्र पसे । एक्कासि घाँटी थिचेर हत्या गरेपछि वृद्धाको लास त्यहीँ छाडेर सुनका गरगहना तथा नगद लुटेर दुवै चन्द्रौटा हुँदै भारत भागे ।  

युट्युबको भिडियो पछ्याएर हत्या
पहिलो हत्यापछि हौसिएको यो दम्पती पुनः त्यस्तै वृद्धाको खोजीमा जुट्यो । त्यही क्रममा सुशान्तको आँखा एक दिन युट्युब भिडियोमा पर्‍यो । जुन गुल्मीको इस्मा गाउँपालिका– ५ इस्मा रजस्थलकी ७४ वर्षीया जीवकला थापाको थियो । सानैमा छोरा हराएकी, श्रीमान्को मृत्यु भएपछि छोरीहरूसमेत विवाह गरेर आ–आफ्ना घर गइसकेकी एकल महिला जीवकला वर्षौँदेखि एक्लै घरमा थिइन् । उनको एकांकी जीवनकथा एउटा युट्युब च्यानलमार्फत सार्वजनिक भएको थियो । 

त्यो हरेपछि हत्या गरेर वृद्धासँग रहेको धनसम्पत्ति र गरगहना लुट्ने योजनासहित सुशान्त सिंह भिडियो पछ्याउँदै गाउँ पुगे । २७ कात्तिकको राति घरभित्र पसेर हत्या गरे र मृतकले नाक र कानमा लगाइएका गहना लुटेर भागे । २८ कात्तिकमा जीवकला आफ्नै घरमा मृत फेला परिन् ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी निरीक्षक रवीन्द्र श्रेष्ठको प्रहरी टोली थापाको घर पुग्यो । वृद्धाको घरको ढोकामा चाबी लगाइएको थियो भने वृद्धा घरभित्र मृत अवस्थामा थिइन् । मृतकले नाक र कानमा लगाइएका गहना लुटिएको थियो । प्रहरीले हत्याको आशंकामा अनुसन्धान अघि बढायो । यो घटना एक महिनाअघि कपिलवस्तुमा भएको वृद्धा हत्याकै घटनासँग मिल्दोजुल्दो देखिएकाले प्रहरीले सबै कोणबाट अनुसन्धान अगाडि बढायो । 

 तेस्रो हत्यापछि पक्राउ
लगातार दुई वृद्धाको हत्या गरिसक्दा पनि पक्राउ नपरेपछि यो दम्पतीमा आत्मविश्वास अझ बढ्यो । त्यसपछि त्यस्तै वृद्धा खोज्दै यो जोडी अर्घाखाँची पुग्यो । गत १६ पुसमा शीतगंगा नगरपालिका– १० सिद्धाराकी ६० वर्षीया राधा थापाको हत्या गरेर गरगहना र नगद लुटी फरार भयो । १७ पुसमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरे ।

प्रहरी निरीक्षक होम रेग्मीको टोली घटनास्थल पुग्यो । लास र घटनास्थलको अवस्था शंकास्पद देखियो । तत्काल प्रहरीले शंकास्पद व्यक्तिको खोजी गरे । हत्यारा खोज्दै जाँदा शीतगंगा– ११ स्थित मुद्रेबास जंगलमा लुकेर बसेको अवस्थामा सुशान्त र शिवा पक्राउ परे । डिएसपी रिजालका अनुसार पक्राउ परेपछि उनीहरूले १६ पुसको बिहान बाटोमा ढुंगा र हँसिया प्रहार गरेर राधाको हत्या गरी खोल्सामा फालेको बयान दिए । साथै, त्यसअघि अन्य दुई वृद्धाको समेत हत्या गरिसकेको स्वीकार गरे ।

ad
ad
ad
ad