१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २४ आइतबार
  • Saturday, 21 September, 2024
२o७९ पौष २४ आइतबार १९:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सेवा दल जुनियर डिभिजनका ५१९ क्याडेट दीक्षित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २४ आइतबार १९:३४:oo

महोत्तरीमा राष्ट्रिय सेवा दलको दीक्षान्त समारोह सम्पन्न भएको छ। राष्ट्रिय सेवा दलमध्ये पूर्वी तालिम शिक्षालय बर्दिबासमा आयोजित दीक्षान्त कवाज समारोहमा ५१९ क्याडेट दीक्षित भएका छन्।  

राष्ट्रिय सेवा दलले देशका १५ विद्यालयका क्याडेटहरूलाई तालिम दिएकोमा एक समारोहको आयोजना गर्दै उनीहरूको तालिम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिँदै उत्कृष्ट गर्नेहरूलाई पुरस्कार र प्रमाणपत्रसमेत वितरण गरिएको हो। 

७ पुसबाट सञ्चालन भएको जुनियर डिभिजन एनसिसी तालिमको वार्षिक सामूहिक क्याम्प (दोस्रो चरण) का विद्यार्थीहरू सो समारोहमा दीक्षित भएका थिए। दीक्षान्त समारोहलगायत कवाजको सलामी ग्रहण राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्कीले गरेका हुन्।

सलामी ग्रहणपश्चात् दीक्षान्त कार्यक्रममा बोल्दै उपरथी कार्कीले युवा वर्गलाई अनुशासित, नेतृत्व क्षमताको विकास, बफादारिता तथा इमान्दारिता, राष्ट्रिय एकताको भावना, विकास तथा विपद् उद्धार कार्यमा दक्ष स्वयंसेवकका रूपमा अडिग रहन निर्देशित गरे।
 
दीक्षान्त तथा कवाज समारोहमा दीक्षित क्याडेटहरूलाई सम्बोधन गर्दै उपरथी कार्कीले भने, ‘अनुशासनले नै राष्ट्रिय एकता कायम हुन्छ। हामी अनुशासित हुन सक्यौँ भने यसले देशमा राष्ट्रिय एकता कायम गर्न मद्दत गर्छ।’ 

तालिममा सर्वोत्कृष्ट क्याडेट छात्रतर्फ ज्योति माध्यमिक विद्यालय मकवानपुर जिल्लाका क्याडेट रवि बुलुन तथा सर्वोत्कृष्ट क्याडेट छात्रातर्फ माध्यमिक विद्यालय रामेछाप जिल्लाका क्याडेट बरदान राईलाई उपरथी कार्कीले दीक्षान्त समारोहमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।

यता तालिममा सहभागी १५ विद्यालयमध्ये सबै विद्याहरूमा उत्कृष्ट नतिजा हासिल गर्ने सिन्धुपाल्चोक जिल्लास्थित प्रगति इंग्लिस सेकेन्डरी स्कुल सेमु उत्कृष्ट वेस्ट प्लाटुनबाट सम्मानित भए।
 
त्यस्तै, वेस्ट पब्लिक स्पिकर मोरङ जिल्लाको आदर्श माध्यमिक विद्यालय विराटनगरमा अध्ययनरत क्याडेट अपेक्षा श्रेष्ठलाई समेत उपरथी कार्कीको हातबाट पुरस्कार र प्रमाणपत्र प्रदान गरियो।