१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १३:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कपडा तथा सिलाइ व्यवसायी संघको काठमाडौं अध्यक्षमा राज कार्की सर्वसम्मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १३:o१:oo

नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काठमाडौं जिल्लाको अध्यक्षमा राज कार्की सर्वसम्मत चयन भएका छन्। बागबजारस्थित सुटमालाका सिइओ कार्की सर्वसम्मत चयन भएका हुन्।

शनिबार बागबजारस्थित होटेल हार्दिकमा सम्पन्न संघको २१औँ साधारणसभाबाट सर्वसम्मत चयन भएका कार्की नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सचिवसमेत हुन्।

साधारणसभाबाट अध्यक्षमा कार्की, उपाध्यक्षमा उद्धव थापामगर, सचिवमा वासु पौडेल, सहसचिवमा विनोद छिनाल, कोषाध्यक्षमा लालु वैजु, सहकोषाध्यक्षमा रघुनाथ दास निर्वाचित भएका छन्। कार्यसमिति सदस्यहरूमा भीम दर्नाल, दीपक परियार, संगीता लामिछाने, मृदुला शर्मा, झलककुमारी बगाले, देउरूपा थापा, बिनु श्रेष्ठ, सुशीला श्रेष्ठ, पार्वती भट्टराई, नवीन नेपाली र आयुश परियार निर्वाचित भएका छन्।
 

ad
ad