१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २२ शुक्रबार
  • Monday, 24 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष २२ शुक्रबार १७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस प्रमुख सचेतक भन्छन्- राप्रपालाई प्रधानमन्त्री प्रस्ताव गरेका छैनौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष २२ शुक्रबार १७:४o:oo

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफ्नो पार्टीले प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको बताएका छन्। शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनपरिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा लेखकले यस्तो बताएका हुन्।

उनले आफ्नो पार्टी एमाले–माओवादीसहितको सत्तासमीकरण भत्काएर नयाँ समीकरण बनाउने काममा नलागेको पटकपटक दोहोर्‍याए। ‘राप्रपाले के भनेछ, त्यो मलाई थाहा छैन। हामीले राप्रपालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छैनौँ,’ प्रमुख सचेतक लेखकले भने।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने–नदिनेबारे भने पुस २६ गते बिहान बस्ने पार्टी संसदीय दलको बैठकले निर्णय लिने उनले बताए।

ad
ad
ad
ad