१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २१ बिहीबार
  • Wednesday, 03 July, 2024
हदिश खुद्दार जनकपुरधाम
२o७९ पौष २१ बिहीबार o९:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

सम्पत्तिको लोभमा छोरा र ज्वाइँ मिलेर बुबाको हत्या 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७९ पौष २१ बिहीबार o९:३५:oo

गत ९ पुसमा गोली प्रहार गरी हत्या गरिएका धानुकधारी दासको हत्या उनकै छोरा र ज्वाइँले गराएको खुलासा भएको छ । प्रहरीका अनुसार सम्पत्तिको लोभमा २१ वर्षीय छोरा प्रदीप दास र ३४ वर्षीय ज्वाइँ उदय दासले धानुकधारीको हत्या गराएका हुन् । 

हत्यामा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको छ । छोरा प्रदीप, प्रहरी हवल्दार रहेका ३४ वर्षीय ज्वाइँ उदय दास र धनुषा नगराइन नगरपालिका– २ बस्ने २१ वर्षीय रञ्जित यादवलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । मुखियापट्टी मुसहरनिया– २ का धानुकधारीको हत्यामा छोरा र ज्वाइँले रञ्जितलाई सुटरका रूपमा प्रयोग गरेको पाइएको धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिए । 

गत ९ पुसको साँझ आफ्नै ग्यारेजमा दमकल बनाइरहेका ४० वर्षीय धानुकधारीको गोली हानी हत्या भएको थियो । प्रहरीका अनुसार उनको परिवारमा पहिलादेखि नै सम्पत्तिको विवाद चलिरहेको थियो । छोरा प्रदीपले दुई–तीन महिनाअगाडिदेखि नै बुबाको हत्या गर्ने योजना बनाएको अनुसन्धानका क्रममा खुलेको एसपी खड्काले बताए । 

एसपी खड्काका अनुसार हत्या योजनासहित प्रदीपले सुटर यादवसँग पाँच लाख रुपैयाँमा डिल गरेका थिए । एक लाख रुपैयाँ एडभान्स दिएका थिए । सोही पैसा प्रयोग गरी रञ्जितले भारतबाट एकथान कटुवा पेस्तोल, त्यसमा लाग्ने दुई राउन्ड गोली, एक थान अटोमेटिक पेस्तोल, सोकोे दुई म्यागजिन र त्यसमा लाग्ने आठ राउन्ड गोली खरिद गरी घरमा राखेका थिए । हत्या गरिसकेपछि योजनामा संलग्न ज्वाइँ उदयले रञ्जितलाई दुईपटक गरी थप दुई लाख रुपैयाँ भुक्तान गरेका थिए । प्रहरीका अनुसार प्रहरी हवल्दार उदय मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा चालकका रूपमा कार्यरत छन् । 

ad
ad
ad
ad