१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २० बुधबार
  • Sunday, 29 September, 2024
२o७९ पौष २० बुधबार १o:३६:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

फागुन ६ गते १७औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २० बुधबार १o:३६:oo

१७औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७९ फागुन ६ गते हुने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराको आयोजना तथा  लक्ष्मी ग्रुपको उत्पादन, सफल दूधको मुख्य प्रायोजनमा म्याराथन हुन लागेकाे आयोजकले जानाएकाे छ ।

आठ विधामा प्रतिस्पर्धा 

आयोजक मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले म्याराथनअन्तर्गत विभिन्न आठ विधाका एकैपटक एकै दिन आयोजना गरिने जानकारी दिए । विभिन्न आठ विधामा खुला म्याराथन ४२.१९५ किमि, २१.०९७ किमि हाफ म्याराथन महिला, महिला/पुरुष १० किलाेमिटर दौड, विद्यालयस्तरीय छात्र–छात्रा पाँच किलाेमिटर दौड, महिला–पुरुष ह्विलचियर तथा दृष्टिविहीन दौड हुनेछ । सँगै वर्षको एक दिन दौडिनुपर्छ भन्ने सन्देश दिन ‘रन फर फन’समेत आयोजना गरिने अध्यक्ष पराजुलीले जानकारी दिए ।

पुरस्कार राशिमा वृद्धि  

आयोजकले यस वर्षदेखि सबै विधाको पुरस्कार राशिमा वृद्धि गरेको छ । म्याराथनमा सहभागी हुने धावकलाई थप आकर्षित गर्ने उद्देश्यसहित पुरस्कार राशिमा वृद्धि गरिएको पराजुलीको भनाइ छ । 

खुला ४२.१९५ किलाेमिटर म्याराथनको प्रथम पुरस्कारमा एक लाख बढाएर यस वर्षदेखि पाँच लाख बनाइएको छ । दोस्रो पुरस्कार राशि दुई लाखबाट बढाएर तीन लाख, एक लाखको तेस्रो पुरस्कारलाई बढाए दुई लाख बनाइएको छ । म्याराथनको कुल खर्च ९३ लाख हुने अनुमान आयोजकको रहेको छ ।

विदेशी धावकको आकर्षण बढाउन मुख्य रूपमा पुरस्कार राशिको वृद्धि गरी प्रथम पुरस्कार १० लाख पुर्‍याउने लक्ष्यका साथ मञ्च अघि बढेको भन्दै पराजुलीले यसका लागि नेपाल सरकार, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, प्रायोजक संघसंस्थाहरू र सरोकारवालाहरूको सहयोग र सहकार्यको खाँचो रहेको बताए। 

एम्समा दर्ता

यस वर्षदेखि म्याराथनलाई म्याराथनको अन्तर्राष्ट्रिय छाता संस्था ’एसोसिएसन अफ इन्टरनेसनल म्याराथन्स एन्स डिस्टेन्स रेसेस’ (एम्स) मा दर्ता भइसकेको छ भने पोखरा म्याराथनको रुटसमेत एम्सबाट प्रमाणीकरण भइसकेको छ ।

वर्तमान विश्व परिवेशमा चर्चित सहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणाअनुरूप प्रतियोगिताको आयोजना गर्दै आइरहेको अध्यक्ष पराजुलीले जानकारी दिए ।खेलाडीको दौडको समयलाई निश्चित गराउन यस वर्षदेखि खुला र महिला हाफ म्याराथनमा चिप्सको प्रयोग गरिने भएको छ ।