मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १८ सोमबार ११:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभु क्यापिटलले थप्यो ‘९९९ आजीवन डिम्याट खाता’ योजनामा बिमाको सुरक्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १८ सोमबार ११:१७:००

 प्रभु क्यापिटलले हालको ९९९ डिम्याट स्किममा बिमा सुरक्षा पनि थप गरेको छ । क्यापिटलले ‘प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौँ तथा बिमाको समेत सुरक्षा पाऔँ’ भन्ने नारासहित नयाँ योजना ल्याएको हो । 

ग्राहकलाई वार्षिक डिम्याट नवीकरणको झन्झट हुने समस्यालाई राहत दिने यो योजना ल्याइएको क्यापिटलले जनाएको छ । यस योजनामा हितग्राहीले एकपटक ९९९ रुपैयाँ शुल्क तिरेर क्यापिटलबाट आजीवन डिम्याट नवीकरणको सुविधा पाउनुका साथै एक वर्षको अवधिमा एक लाख रुपैयाँबराबरको दुर्घटना बिमा पनि पाउने क्यापिटलले जनाएको छ ।

 योजनाले सक्रिय रूपमा पुँजी बजारमा लाग्ने हितग्राहीलाई डिम्याट खाता नवीकरणको झन्झटबाट राहत दिलाउने तथा नयाँ लगानीकर्तालाई दीर्घकालीन रूपमा भित्र्याउनमा सघाउ पुर्‍याउने उल्लेख छ । यो डिम्याट खाता देश–विदेशमा रहने नेपालीले स्वयं उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाइन डिम्याट गरी भिडियो केवाइसीसहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ । 

यसका साथै लगानी व्यवस्थापन सेवा (पिएमएस)मा पुराना भएका सेयर पोर्टफोलियोको निःशुल्क पुनर्संरचना साथै वार्षिक शुल्कमा ५० प्रतिशत छुट सुविधा पनि रहेको जनाइएको छ ।