मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १८ सोमबार
  • Wednesday, 18 December, 2024
२o७९ पौष १८ सोमबार o८:३८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आर्सनल सात अंकले अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १८ सोमबार o८:३८:oo

आर्सनलले सन् २०२२ को अन्त्यसँगै प्रिमियर लिग उपाधि जित्ने सम्भावना उच्च बनाएको छ । इंग्लिस प्रिमियर लिगमा आर्सनलले सात अंकको अग्रता लिएको छ । आर्सनलले ब्राइटनलाई ४–२ ले हरायो । साबिक लिग विजेता म्यानचेस्टर सिटी एभर्टनसँग १–१ गोलको बराबरीमा रोकियो । आर्सनलका प्रशिक्षक माइकल अर्टेटा टोलीमा सुधारको निकै खाँचो रहेको बताए । 

उनले प्रतिस्पर्धामा ३–० को अग्रता लिँदासमेत ढुक्क नहुने जनाए । ‘सात अंकको अग्रता काफी छैन,’ प्रशिक्षक अर्टेटाले भने, ‘यो केही पनि हैन, हाम्रो ध्यान मात्र प्रदर्शन सुधारमा केन्द्रित हुनुपर्छ ।’ आर्सनलले सन् २००४ पछि प्रिमियर लिग उपाधि जित्न सकेको छैन । क्लबमा तेस्रो कार्यकाल बिताउँदै गरेका अर्टेटा समग्रमा १४औँ उपाधि जिताउन चाहन्छन् । आर्सनलले सन् १९३० देखि २००४ सम्म समग्रमा १३ पटक इंग्लिस प्रिमियर लिग उपाधि जितेको छ । 

एभर्टनसँग सिटी रोकिएपछि आर्सनल निकै हौसिएको छ । ब्राइटनविरुद्ध आर्सनलले जितकै लागि प्रतिस्पर्धा ग¥यो । ‘हामीलाई सिटीको नतिजा थाहा थियो । तर, यहाँ जित्न राम्रो प्रदर्शन गर्नुपर्ने थियो । हामीले लिगमा उच्च प्रदर्शन गर्नुपर्छ,’ अर्टेटाले भनेका छन् । आर्सनल र सिटीले यस सिजन समान १६ खेल खेलेका छन् । ‘यो आवाज अचम्म लाग्छ,’ब्राइटनविरुद्ध गोल गरेका बुकायो साकाले भने, ‘हामी सिजन सुरु हुँदा यही चाहन्थ्यौँ, जुन हात परेको छ । हामी साँच्चै खुसी छौँ ।’

ब्राइटनविरुद्ध साका र इडी एनकेटियाले समान एक गोल गर्दा गाब्रियल मार्टिनेलीले दुई गोल गरेका थिए । अर्काे हप्ता आर्सनलले यस सिजन उच्च लयमा रहेको न्युक्यासल युनाइटेडको सामना गर्नेछ ।